National Medicare Hospital

& Research Center

एक्‍काइसौं वार्षिक साधारण सभा बस्‍ने बारे सूचना


मेडिकेयर नेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर लिमिटेडको

एक्‍काइसौं वार्षिक साधारण सभा बस्‍ने बारे सूचना

यस कम्पनीको मिति २०७५।०८।२४ गते बसोक संचालक समितिको २२९औं बैठकको निर्णयानुसार कम्पनीको एक्‍काइसौं वार्षिक साधारण सभा निम्‍न लिखित मिति, समय तथा स्थानमा तपसिलका विषयहरु माथि छलफल तथा निर्णय गर्न बस्‍ने भएको हुँदा सम्बन्धित सबै शेयरधनि महानुभावज्यूहरुको जानकारी तथा उपस्थितिको लागि सूचित गरिएको छ।
  • साधारण सभा हुने मिति, समय र स्थान

मिति: २०७५ साल पौष २८ गतर् शनिबार तदनुसार (जनवरी १२, २०१९)

सभा बस्‍ने स्थान: होटेल हिमालय, कोपुनडोल, ललितपुर।

सभा बस्ने समय: बिहान ११:०० बजे

  • छलफलका विषय सूचीहरु
  • सामान्य प्रस्तावहरु:
    • संचालक समितिको वार्षिक प्रतिवेदन पारित गर्ने।
    • २०७५ आषाढ मसान्तको वासलात एवं सो मितिमा समाप्त भएको वर्षको आय व्यय विवरण, नगद प्रवाह, तथा लेखा परीक्षकको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने।
    • कम्पनी ऐन २०६३ अनुसार लेखा परीक्षण समितिको सिफारीस अनुसार आ.ब. २०७५/२०७६ को लागि लेखा परिक्षक अनुमोदन/नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्‍ने।
    • संचालक समितिको सिफारीस बमोजिम २०७५ साल आषाढ मसानतमा समाप्त भएको आर्थिक बर्षको मुनाफा रकमबाट कम्पनीको चुक्ता पूँजिको कर सहित २१.०५६२३ (एक्‍काइस दशमलव सुन्ना पाँच छ दुइ तीन) पर्तिशतका दरले शेयर होल्डरलाई नगद लाभांश पर्दान गर्ने।
    • यस कम्पनीको शेयरधनिहरुको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने ७ जना संचालकहरुको निर्वाचन गर्ने।
  • विशेष प्रस्तावहरु
    • कम्पनीको नियमावलीको नियम १८(ग) मा शंसोधन गरी कम्पनीका संचालकहरुको कार्यकाल निर्धारण गर्ने बारे।
    • कम्पनीको नियमावलीको नियम १९(ख) शंसोधन गरी कम्पनीका संचालहरुको बैठक भत्ता निर्धारण गर्ने बारे।
    • कम्पनीको नियमावलीमा भएको शंसोधनमा नियमनकारी निकाय/कार्यालयले कुनै फेरबदल / समायोजन गर्न कम्पनीको संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने।
  • विविध

आज्ञाले

सुमित्रा मल्ल, कम्पनी सचिव

 साधारण सभा सम्बन्धि सामान्य जानकारी
  • मिति २०७५।०९।२१ देखि मिति २०७५।०९।२८ सम्म कम्पनीको शेयर दाखिला खारेज कार्य बन्द गरिने छ।
  • सभामा भाग लिनका लागि प्रतिनिधि (प्रोक्सी) नियूक्त गर्न चाहने शेयरधनिले तोकिएको ढाँचामा प्रोक्सी पाराममा दस्तखत गरी २०७५ पौष २७ गते साधारण सभा हुनु भन्दा २४ (चौबिस) घण्टा अगाडी कम्पनीको प्रधान कार्यालय चावहिल, काडमाडौंमा दर्ता गराउनु पर्नेछ। तत्पश्चात प्राप्त पोक्सी फारामलाई मान्यता दिइने छैन।
  • शेयरधनि महानुभावले कुनै विविध विषय उपर सभामा छलफल गर्न चाहनु भएमा सो को व्यहोरा सभा हुनु भन्दा कम्तिमा ७ दिन (सात) दिन अगावै कम्पनी सचिव मार्फत कम्पनीको प्रधान कार्यालयमा लिखित जानकारी गराउनु पर्नेछ।
  • कम्पनीबाट बार्षिक साधारण सभामा छलफल हुने विषय सहितको सूचना एवं आर्थिक विवरणहरु शेयरधनि महानुभावहरुको ठेगानामा हुलाक/कुरियर मार्फत पठाइएको छ। कुनै कारणवश कुनै शेयरधनि महानुभावले सो सूचना नपाउनु भएमा यसैलाई सूचना मानी साधारण सभामा सहभागी हुन सक्नु हुनेछ।
  • सभामा भाग लिने प्रत्येक शेयरधनी महानुभावले सभा शुरु हुनु अगावै सभा स्थलमा उपस्थित भई त्यहाँ राखिएको उपस्थिति पुस्तिकामा अनिवर्य रुपमा हस्ताक्षर गरी सभामा सहभागी हुन सक्नु हुनेछ।
  • निर्वाचन सम्बन्धी कार्यक्रम निर्वाचन अधिकृतले कम्पनीको केन्द्रिय कार्यालयमा सभा हुने दिन भन्दा ७ (सात) दिन अगावै सूचना पाटीमा टाँस गरे बमोजिम हुनेछ।
  Medicare Nationa hospital sadharan sabha 3X23

Directors
Gallery
  • dr_abani_bhusan_upadhyaya

    Dr. Abani Bhusan Upadhyaya

    Chairman

  • dr_pk_yadav

    Dr. Pradip Kumar Yadav

    Member

  • dr_upendra_mahato

    Dr. Upendra Mahato

    Member

  • dr_jibnath

    Dr. Jibnath Lamichhane

    Member

  • Events Gallery

General Health Checkup

checkup

Among all the health packages we provide, our general health checkup program is designed for everyone. it has all the basic tests on parts of the body, focusing more on heart health.

Read More